सरकारी अस्पतालप्रति नागरिकको विश्वास कम छ : मन्त्री सुनुवार

9.49k
Shares

धनकुटा ।

काेसी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले  सरकारी अस्पतालप्रति नागरिकहरुको विश्वास कम रहेको बताएका छन् । जिल्ला अस्पताल धनकुटाको अनुगमन गर्दै मन्त्री सुनुवारले उक्त कुरा बताएका हुन् ।

अस्पतालमा रहेका चिकित्सकहरूलाई निर्देशन दिँदै मन्त्री सुनुवार सरकारी अस्पतालहरूले अव नागरिकहरूको मन जित्ने गरी काम गर्नु पर्ने बताएका छन् ।  मन्त्री सुनुवारले अस्पतालमा चिकित्सकको अभाव कम गर्न नेपाल सरकारको छात्रवृत्ति करारमा अध्ययन सकेर काम गर्न आउने छात्रवृत्ति करार चिकित्सकहरूलाई एक वर्ष अनिवार्य अति दुर्गम तथा दुर्गम क्षेत्रमा काम गर्नु पर्ने कार्यविधि ल्याउने तयारी गरिएको समेत बताएका छन् ।

पहाडी क्षेत्रमा डाक्टर जान मान्दैनन् डाक्टर नभए पछि प्रभावकारी सेवा दिन सकिन्न प्रभावकारी सेवा नभएपछि सरकारी अस्पतालहरु प्रति नागरिकको विश्वास कम छ । अव सरकारी अस्पतालहरूले नागरिकको विश्वास जित्ने गरी काम गर्नु पर्ने बताएका छन् । पहाडी तथा दुर्गम क्षेत्रमा डाक्टरहरुको अभावलाई कम गर्नका लागी यो कार्यविधि ल्याउन लागिएको मन्त्री सुनुवारले बताएका छन् ।