ट्राफिक नियम उल्लङ्घन गर्ने ७ सय जना परे कारबाहीमा

224
Shares

काठमाडौँ। 

 फागु पूर्णिमाको दिन शनिवार   विभिन्न किसिमका ट्राफिक नियम उल्लङ्घन गर्ने ७ सय जनालाई उपत्यका ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ । फागु पूर्णिमाका दिन अन्य समय भन्दा बढी दुर्घटना हुने भएपछि शनिवार बिहानै देखि सवारी साधनको चेकिङलाई व्यापक बनाएको थियो । मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २६ जनालाई कारबाही गरेको छ ।

त्यस्तै लागू पदार्थ सेवन गरेर सवारी चलाउने १०, हेलमेट नलगाउने २८ जना, तीन जना चढ्ने २० जना, तीव्र गतिमा मोटरसाइकल चलाउने ५१, लार्पवाही पूर्वक सवारी चलाउने ५४ जना र साथमा कागजात नराखी सवारी चलाउने ४ सय ११ लाई कारबाही गरेको महाशाखाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएका त्यस्ता सवारी साधनलाई शनिवार नछोडिएको र आज आइतबारबाट मात्रै नियन्त्रणमा लिएका सवारी साधनमाथि कानुनी कारबाहीको प्रक्रिया पुरा भएपछि छाडिने पनि एसएसपी श्रेष्ठले जानकारी दिए । कारबाही परेका दुई पाङग्रे ६ सय ८५ रहेका छन् भने १५ वटा रहेको पनि महाशाखाले जानकारी दिएको छ ।