चौथो सातामा अगस्त्य

168
Shares

काठमाडौं ।

फिल्म अगस्त्य च्याप्टर १ चौथो सातामा प्रवेश गरेको छ। प्रदर्शनको चौथो सातासम्म पुग्दा फिल्मको शो घटे पनि दर्शकले साथ दिएको फिल्म निर्माण समूहले जनाएको छ।

गत फागुन १८ गतेबाट रिलिजमा आएको एक्सन–थ्रीलर अगस्त्य सौरभ चौधरीको लेखन तथा निर्देशनमा बनेको हो।

डार्क हरिस इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठीलगायतले अभिनय गरेका छन्।