राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

420
Shares

काठमाडौं ।

सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ। आयोगको रिक्त चार पदमा सरकारले पदपूर्ति गर्न नियुक्त गर्ने निर्णय गरेको हो।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाण्डेलाई आयोगको सदस्यमा नियुक्त गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।