बाँसबारी जग्गा प्रकरणमा सीआईबीले लियो विनोद चौधरीसँग बयान

2.16k
Shares

काठमाडौं ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ।

सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो।

जिल्ला सरकारी वकील कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सिआइबीका प्रमुख एआईजी श्याम ज्ञवालीले जानकारी दिए। भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले चौधरीलाई पक्राउ नगरी सिधै बयान लिइएको एआईजी ज्ञवालीले बताए।

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना आरोपमा यसअघि सांसद चौधरीका भाइ तथा सीजी होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण चौधरीलाई सीआईबीले माघ १८ मा पक्राउ गरेको थियो।

अरुणसँगै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको थियो। तर उनीहरू काठमाडौँ जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा भइसकेका छन्।