मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते



नवलपरासी ।

पूर्वी नवलपरासीमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका ११ दमार निवासी ३० वर्षका अनिल बिक  रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले बताए।

मध्यविन्दु-११ स्थित भित्री सडक खण्डमा दमार तर्फ आउँदै गरेको लु. ७६ प. १६२१ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो।

दुर्घटनामा परि घाइते भएका मोटरसाइकलमा सवार बिकलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राती १ बजेर १५ मिनट जाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

सोही दुर्घटनाका घाइते मध्यविन्दु ११ का २५ वर्षीय अजय ठकुरीको कम्मरमा चोट लागेकोले उनको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भई रहेको छ।

प्रहरीले सामान्य घाइते मोटरसाइकल चालक सोही ठाउँ निवासी २८ वर्षीय कृष्ण प्रसाद बिकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।

सोही सडक खण्डमा बुधबार दिउसो अर्को एक अटो दुर्घटना हुँदा नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा साबिक नयाँ बेलहानी गाविसका पूर्व अध्यक्षको निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्