![](https://newsofnepal.com/wp-content/uploads/2024/03/music.png)
काठमाडौं ।
दोस्रो राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड २०८१ हुने भएको छ। अवार्ड कार्यक्रम जेठको पहिलो साता हुने आयोजकले जानकारी गराएका छन्।
अवार्डमा २०७९ चैतदेखि २०८० चैत मसान्तसम्म प्रकाशित गीत–संगीत तथा फिल्मका कलाकार, प्राविधिक र सम्बन्धित विधाले सहभागी हुनसक्ने अवार्ड आयोजक उमेश गुरुङले बताए।
कार्यक्रममा आदिवासी जनजाति गीतसंगीत र फिल्मलाई समेट्ने उनले जानकारी गराए। उनका अनुसार गीत–संगीत तथा फिल्मतर्फ गुरुङ, मगर, थकाली, थारू, नेवारी, तामाङ, दुरा, राई÷सुनुवार, मैथिली, लिम्बू, भोजपुरी, अवधीलगायत आदिवासी–जनजातिले आफ्नो मातृभाषा तथा सम्बन्धित जातको संस्कृति समेटेर नेपाली भाषामा रेकर्ड भएका गीत–संगीत तथा फिल्मका लागि अवार्ड प्रदान गरिनेछ।