विश्व मुवाँथाइमा गुणराजलाई स्वर्ण



काठमाडौं ।

नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले थाइल्यान्डको बैंककमा भएको १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा मंगलबार ऐतिहासिक स्वर्ण जितेका छन्।

प्रतियोगिताअन्तर्गत सेमि प्रोको पुरुष ५४ केजीमा गुणराजले इटालीका ग्राभियल ओलारिउलाई पराजित गरेका थिए। नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिका अनुसार यसअघि विश्व च्याम्पियनसिपको सेमि प्रोमा कुनैपनि नेपाली खेलाडीले स्वर्ण जितेका थिएनन्।

विश्व च्याम्पियनसिपको आठौं सहभागितामा गुणराज स्वर्ण जित्न सफल भएका हुन्। गुणराजको उपलब्धी मुवाँथाईमा कुनैपनि नेपाली खेलाडीले हासिल गरेको उच्च हो। यसअघि पलिस्था कक्षपतिले २०१९ तथा सञ्जय राईले २०१७ मा भएको विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । उनीहरूले भने एमेच्योरतर्फ स्वर्ण जितेका थिए।

विश्व च्याम्पियनसिपको १९ औं संस्करणमै परिका बतासले पनि स्वर्ण जितेकी छन्। एमेच्योरतर्फ महिला ४५ केजीमा परिकाले तीनपटककी विश्व च्याम्पियन मारिससकी रानीनी कुन्डास्वामीलाई पराजित गरी स्वर्ण जितेकी थिइन्। एमेच्यारतर्फ पुरुष ५१ केजीमा सुशिल शाह ठकुरीले रजत तथा ५७ केजीमा गुमान घर्ती मगरले कांस्य जिते।

(

प्रतिक्रिया दिनुहोस्