सहसचिव भट्टराईंले ल्याइन् प्रेममय गीत तिम्रो मायाको सागर



काठमाडौं ।

सरकारको नीति निर्माण तहमा रहेर सेवा गरिरहेकी सहसचिव मनमाया भट्टराईं पंगेनीले आफ्नो शब्द रचना र स्वरमा प्रेममय गीत तिम्रो मायाको सागर भिडिायोसहित सार्वजनिक गरेकी छन्।

सरकारी सेवा सकाएर फुर्सदको समय उपयोग गर्दै सांगीतिक क्षेत्रमा योगदान दिने उद्देश्यले उनले माया र प्रेमभाव समेटिएको गीत भावना म्युजिक सोलुसन युट्यूबबाट सार्वजनिक गरेकी हुन्।

तिम्रो मायाको सागर, भएछ मलाई अपार। गीतको शुरूमै मायाको गाथा छ। तिमीलाई राखेर आत्ममा, तिमीलाई राखेर मुटुमा तस्वीर राखेर मुटुमा सहसचिव भट्टराई गीतकार बनेर गीतमा पोखिन्छिन् पवित्र प्रेम होस् लालीमय जीवन, स्वार्थी कहिल्यै नहोस् एकजुनी होइन, सयौं जुनीमा यो माया बाँचिरहोस्।

गायनमा मनमायालाई गायक कमल सौरागले साथ दिएका छन्। गायकगायिक दुवैजनाको स्वर सुरिलो र कर्णप्रिय लाग्छ। कमल सौरागको संगीत रहेको गीत राजकुमार बगरले मिक्सिङ गरेका छन्।

गीतको भिडियो निर्देशन मौसम हिमालीले गरेका छन्। भिडियोमा विमल अधिकारी र करुणा कार्कीले जीवन्त अभिनय गरेका छन्। भिडियो राजेश घिमिरेले खिचेका छन्।

गीत संगीतमा रुची भए पनि कार्यव्यस्तता कारण यो पाटो ओझेलमा पर्दै आएको, तर अब भने समय निकालेर सांगीतिक क्षेत्रमा समेत सक्रिय हुने मनमायाले बताइन्। पंगेनीले गीत छोटो समयमा नै लोकप्रिय भएकाले दर्शक, स्रोताको माया पाएको अनुभूति भएको बताइन्।

निजामती सेवामा इमान्दार र स्वच्छ छविको प्रशासकको रूपमा परिचित पंगेनी इन्टेग्रिटी आइकन नेपाल २०२१ बाट सम्मानित कर्मचारी हुन्।

प्रतिक्रिया दिनुहोस्