माओवादी पदाधिकारी बैठक बस्दै

112
Shares

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि छलफल गर्नका लागि सो बैठक बोलाइएको हो। बैठक बिहान ८ बजेदेखि सुरु हुने छ।

बैठकमा समसामयिक राजनीतिक विषयमा कुराकानी हुने तथा पदाधिकारी देखी केन्द्रीय नेताहरूको कार्य विभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ। महरामाथि विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप छ।

महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ। राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ। महरालाई अनुसन्धानका लागि ४ दिन पुर्पक्षमा राख्न अदालतले अनुमति दिएको छ।