बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा 

448
Shares

काठमाडौँ। 

बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन् ।

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी मानुकमारी सिंहलाई धरौटीमा रिहा गरिएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सिंहलाई धरौटीमा रिहाका लागि आदेश थिएको थियो ।

काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका– ३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सविना श्रेष्ठको बच्चा चोरी गरेको आरोपमा उनी पक्राउ परेकी  थिइन  । उनीविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको थियो ।