दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ


काठमाडौँ।

सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने दुर्गा प्रसाईंका सहयोगी पक्राउ परेका छन् ।

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि दीपक खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ ।