एमालेले सङ्गठित सदस्यको परीक्षा लिँदै 

182
Shares

प्युठान ।

 नेकपा (एमाले) का सङ्गठित सदस्यले आज परीक्षा दिँदैन । पार्टीले तय गरेको कार्यक्रम अनुसार प्युठानका सबै वडामा आज परीक्षा संचालन भइरहेको जिल्ला कमिटी अध्यक्ष विजय बिराज बिष्टले जानकारी दिए  ।

जिल्लामा ५ हजार २ सय ७५ जना सङ्गठित सदस्य रहेको र सबै सदस्यले परीक्षा दिने अध्यक्ष बिष्टले बताए  । परीक्षा आधारभूत तहको भएको उनले बताए । परीक्षा सञ्चालनका लागि जिल्ला कमिटीबाट वडा वडामा सहजकर्ता परिचालन गरिएको छ । यो परीक्षा लुम्बिनी प्रदेशका सबै जिल्लामा आज हुँदैछ ।