सुन चाँदीको मूल्य घट्यो

5.6k
Shares

काठमाडौं ।

नेपाली बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ।

आइतबार प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला एक लाख २४ हजार पाँच सय कायम भएको छ।

यस्तै, तेजाबी सुनको मूल्य आइतबार एक लाख २४ हजार चार सय कायम भएकोमा आज भने तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख २३ हजार नौ सय कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ। आइतबार प्रतितोला एक हजार तीन सय १२ रुपैयाँमा कारोबार भएको चाँदी आज भने प्रतितोला एक हजार तीन सय तीन रुपैयाँ निर्धारण भएको छ।