रंगेली अब भारतको एक सय स्क्रिनमा



काठमाडौं ।

गत फागुन २५ गते रिलिजमा आएको फिल्म रंगेली भारतमा हिन्दी भाषामा पनि रिलिज गरिने भएको छ। युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले रंगेलीलाई भारतका विभिन्न सहरका एक सय बढी स्क्रिनमा प्रदर्शन गर्न लागेको हो।

एन मुभिजले बलिउडका हनुमान, पेज ३, मलामाल विक्ली, कर्पोरेट, ट्राफिक सिग्नल, जन्नत, न्युटनजस्ता बलिउडका सफल फिल्म वितरण गर्दै आएको छ। फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले हाल रंगेलीको हिन्दी अनुवादको काम भइरहेको तथा हिन्दी भाषाको डबिङको काम मुम्बईमा हुने बताए।

रंगेली नेपाली भाषामा अमेरिकामा प्रदर्शन भइसकेको छ। अमेरिकामा हाउस फुल दर्शकबाट प्रदर्शनको सुरुवात भएको निर्देशक अर्जुन सुवेदीले बताए। त्यस्तै, क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा पनि रिलिज हुँदैछ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्