माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

252
Shares

अर्घाखाँची ।

सीतापुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ। एकजना गम्भीर घाइते भएका छन्।

शीतगंगा नगरपालिका–२ सीतापुरको सिमलचौरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर स्थानीय अन्दाजी ४० वर्षीय शारदा अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्तिमगरले बताए।

गम्भीर घाइते भएकी राधा अधिकारीलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।