समाचारपत्रकर्मी तिमल्सिना सम्मानित

476
Shares

काठमाडौं ।

लायन्स क्लब अफ काभ्रे बनेपाले नेपाल समाचारपत्रका सहसम्पादक भगवती तिमल्सिनालाई सम्मान गरेको छ।

लायन्स क्लब अफ काभ्रेले शनिबार धुलिखेलमा तिमल्सिनालगायत बनेपा लायन्स हार्ट क्लिनिकको स्थापना तथा सञ्चालनमा सहयोग गर्ने व्यक्तित्वका साथै दाताहरू गरी झण्डै सय जनालाई सम्मान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले जनसहभागितामा हर्ट क्लिनिक खोलेर लायन्स क्लबले नेपालकै लागि नमूना काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो।

बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले हार्ट क्लिनिक सञ्चालनका लागि नगरपालिकाले २५ लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुका साथै सहकार्य गर्ने जानकारी दिनुभयो।