बाबुरामले बोलाए कार्यकारिणी समिति बैठक

364
Shares

काठमाडौं ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको आकस्मिक केन्द्रीय कार्यकारिणीका बैठक आज बस्दै छ। महेन्द्रराय यादव र गङ्गानारायण श्रेष्ठलगायतका नेता नेकपा माओवादी केन्द्रमा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराई ले आकस्मिक रूपमा सो बैठक बोलाएका हुन।

जसअनुसार आज कार्यकारिणी र पर्सी केन्द्रीय समितिको बैठक बोलाइएको नेसपाले जनाएको छ। महेन्द्रराय यादव पक्षधर नेताहरूले पार्टी विभाजन गरेर माओवादी केन्द्रसँग एकता गर्ने हिजो सहमति गरेका थिए। मूलतः कार्यकारिणी समितिको बैठकमा सोही विषयमा छलफल हुने जनाएको छ।

शनिबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेसपाका यादव र श्रेष्ठलगायतले ४ बुँदे सहमति गर्दै पार्टी एकता गर्ने जानकारी गराएका थिए।

अध्यक्ष भट्टराईले यादव र श्रेष्ठले गरेको सो सहमतिमा पार्टीको कुनै पनि निर्णय बिना भएको भन्दै आजको बैठकबाट दुवै जनालाई कारबाही गर्ने बुझिएको छ । पार्टी अध्यक्षलाई नै बाइपास गरेर एकता गर्ने सहमति गरेपछि भट्टराई आक्रोशित बनेका छन्।