माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

564
Shares

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ। गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण बिहीबारका लागि तय गरिएको बैठक स्थगित भएपछि शुक्रबारका लागि बोलाइएको हो।

बैठक पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ। बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिनेछ।