राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

84
Shares

काठमाडौं ।

राष्ट्रियसभा बैठक आज बस्दै छ। बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभार सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन्।

अर्थमन्त्री वर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ।

साथै, आ.ब. २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।