आगलागीमा परी २६ घरगोठ जलेर नष्ट

602
Shares

रामेछाप ।

रामेछाप नगरपालिका वडा नं ९ मा बिहिबार दिउँसो भीषण आगलागी भएको छ । आगोलीबाट २६ वटा घर र गोठ जलेर नष्ट भएको छन् ।

आगलागीको कारण २ वटा भैँसी १ वटा गोरु र ६० वटा बाख्रा जलेर नष्ट भएको वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले जानकारी दिए छन् । जंगल नजिकै भएको कारण जंगलबाट आएको आगोले गाउँ सखाप पारेको स्थानीयले बताए ।

मन्थली नगरपालिकाबाट गएको दमकल, नेपाली सेना,डिभिजन वन कार्यालयका अग्नि नियन्त्रक टोली र स्थानीय नागरिकहरूको सकिृयतामा आगो नियन्त्रणमा आएको छ । आगलागी बाट भएको क्षतिको पूर्ण विवरण आउन बाकीँ रहेको छ ।