जुम्लामा करेन्ट लागेर एक युवाको मृत्यु

3.3k
Shares

जुम्ला ।

जुम्लामा विद्युतको करेन्ट लागेर एक युवाको मृत्यू भएको छ। जाल्पादेवी विद्युत आयोजनाका अपरेटर अन्दाजि ३६ वर्षीय काली प्रसाद उपाध्यायको करेन्ट लागेर मृत्यु भएको हो । तातोपानी गाउँपालिका वडा नं.४ गिडिखोलामा संचालित २३० किलोवाट क्षमताको जाल्पादेवी विद्युत आयोजनामा कार्यरत अपरेटर उपाध्यायको करेन्ट लागेर मृत्यु भएको हो ।

तातोपानी(४ हाँकु निवासी अन्दाजी ३६ वर्षिया उपाध्यायको बुधबार विद्युतको ट्रान्सफर्मरमा झुण्डिएको अबस्था भेटिएको र उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लिदै गर्दा बाटोमै मृत्यु भएको तातोपानी गाउँपालिका वडा नं -४ का अध्यक्ष अमर बहादुर रोकायाले जानकारी दिए । उनका अनुसार पर्थेनी घट्टेगाढ स्थित ७५ केभीको ट्रासफर्मरमा चढेर करिब ६: ४५ बजेतिर विधुत बनाउने क्रममा करेन्ट लागेको हो ।
वडाध्यक्ष रोकाया भन्छन,’करिब साढे ६स्४५ बजे ट्रान्सफर्मरमा चढेका रहेछन् ।

किन चढे त्यो थाहा भएन् । तर झुण्डीएको अबस्थामा स्थानीयले देखेपछि थाहा भयो । साहेत विद्युत बनाउनै गएको हुनु पर्छ । तर बचाउन सकेनौ । विद्युत आयोजनाले कर्तव्य निष्ठ, योग्य कर्मचारी गुमाएको छ ।’ स्थानीयले झुण्डिएको थाहा पाउने बित्तिकै अस्पताल बाईकमा अस्पताल लिदै गर्दा बाटोमै ज्यान गएको हो ।

विद्युत आयोजनाको स्थापना कालदेखिनै कार्यरत उपाध्यायको मृत्युपछि तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई,विद्युत आयोजनाका अध्यक्ष दुर्गा प्रसाद पाण्डे,वडाध्यक्ष अमर बहादुर रोकायाले दुस्ख व्यक्त गरेका छन् ।तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले अरुलाई उज्यालो दिनको लागि आफ्नो परिवारलाई अँध्यारोमा पारेको भन्दै दुख व्यक्त गरेका छन् ।

उपभोक्ता उज्यालो दिन वर्षौदेखि गरेको योग्दानलाई भुल्न नसकिने र त्यस्ता जिम्मेवार कर्मचारी कमै पाईने भन्दै मृत्यु प्रति समग्र तातोपानी गाउँपालिका दुखित भएको छ।