बोलेरो दुर्घटनामा मृत्यु हुनेको सख्या ८ पुग्यो

15.6k
Shares

उदयपुर ।

उदयपुरको बेलका नगरपालिका ७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको छ । एक जना घाइतेको विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीकोबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेको थियो । मृृतकहरुको पहिचान समेत खुलेको प्रहरीले जनाएको छ ।

उदयपुर प्रहरीका अनुसार बोलेरोमा सवार रहेका चालक हतुवागढी गाउँपालिका-२ का ४२ बर्षीय मान बहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका–२ की ७० बर्षीया पर्वतमाया राई, २३ बर्षीय चन्द्र प्रकाश राई, चन्द्र प्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका –९ का ६८ बर्षीय पदम बहादुर थापा, हतुवागढी गाउँपालिका-५ की ३० बर्षीया राम कुमारी राई, र सुनसरीको ईटहरीका ४५ बर्षीय कमल अधिकरीको घटनास्थलमा मृत्यु भएको थियो ।

हतुवागढी गाउँपालिका –५ का ४२ बर्षीय किसान राईको धरानको बि।पि।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका-५ का ३७ बर्षीय बिशेष पराजुली, आमचोक गाउँपालिका-६ भोजपुरकी २० बर्षीया मिनु राई, सोही स्थानकी ३६ बर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका-२ की ३२ बर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका-१ का १७ बर्षीय सुनिल परियार, सोही स्थानकी १७ बर्षीया सबिना परियार, ईटहरी-१७ सुनसरीकी ३४ बर्षीया गायित्री कट्वाल, उनकै ८ बफर्षकी छोरी निकिता कट्वाल र ईटहरी-१७ की २९ बर्षीया रमा थापाको बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको उदयपुरका प्रहरी प्रमुख रमेश थापाले बताए ।