सिडिओको गाडीमा ढुङ्गा हान्ने दुईजना पक्राउ 

3.5k
Shares

 बाजुरा। 

   बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल चढेको गाडीमा  बुधवार राति ढुङ्गा हान्ने दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका वडा नं १  कुण्डीका अनिल सुनार र सोही वडाका सागर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

 सरकारी  गाडी तोडफोड गर्ने उछि«ङ्खखल ब्यवार देखाउने  सुनार र नेपाली दुुई जनालाई हिजो राति नै प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ भने एक जनाको खोजीकार्य जारी रहेको  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कवीन्द्र सिंह बोहराले बताए ।

   बुधवार राति जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको ग्रामीण क्षेत्रमा अनुगमन गरी सदरमुकाम मार्तडी फर्किने बेला  राति करिब नौबजे तिर बुढीगंगा नगरपालिका वडा नं दुई बल्देमा तीन जनाको समूहले बि ए ए ५२४७ नंको जपिमा  ढुङ्गा हानेर आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । गुडिरहेको गाडीमा माथिबाट ढुङ्गा हान्दा सामान्य क्षेती भयो  हामीलाई धन्य केही भएन उनले भने ।

अबेर राति हामी खप्तडक्षेडेदको अनुगमन गरी फर्किरहेका थियौँ, एक्कासि तीन जनाको समूहले हात दियो । वीच बाटो एकान्त ठाउँमा गडी रोक्ने अवस्था थिएन् । गाडी नरोकेपछि उनीहरुले ढुङ्गा हानेछन् ।  सिसामा लागेको भए हाम्रो ज्यान जान्थ्यो । तर, भाग्यवस ढुङ्गा  गाडीको पछाडि बोडी र टायरमा लागे छ  हामी बच्यौँ प्रजिअ पौडेलले भने । पछाडि पुलिसको भ्यान थियो, उनीहरुले  दुुईजनालाई समाते एक जना भागेछन्। साहेद उनीहरुले राती लिफ्ट माग्न खोजेका हुन सक्छन् हामीले गाडी नरोकेपछि गाडी तोडफोड गर्न खोजे प्रजिअ पौडेलले भने ।

 जिल्लाको शान्ति शुरक्षा दिने अधिकारीलाई त छोडेनन् भने  त्यस्ता आपराधिक मानसिकता भएका व्यक्तिबाट जिल्लाका सर्वसाधारणको ज्युधन कसरी सुरक्षित हुनसक्छ उनले भने ।  उपद्र व्यवहार गर्ने आपराधिक गतिविधिका तीनै जनालाई अभद्र ब्यबहारको कसुरमा मद्धा चलाइने बताइएको छ । बिहीबार सात दिनको म्याद थप गराइएको प्रशासनले जनाएको छ।

     प्रारम्भिक जानकारी अनुसार उनीहरु केटी भगाउन हिँडेका थिए भन्ने आएको छ प्रशासन श्रोतले बतायो । मुलुकी अपराध संहिता २०७४को दफा २८५को उपदफा (२)को (१) (क) अनुसार आपराधिक उपद्रव गरेको मानिने छ भने सोही दफाको (ग) अनुसार चार वर्ष कैद र चालिस हजार रुपैंया जरिवाना हुने कानुनी व्यवस्था रहेको अधिवक्ता तुलाराम जैसीले बताए । कानुनी राज्यको सिद्धान्त ब्यबहारतहः सबैले पालना गर्नुपर्ने अधिवक्ता जैसीको भनाइ  छ।