वडा स्तरीय महिला समूहले मनायो ११४औं अन्तर्राष्ट्रिय नारी दिवस  

266
Shares

काठमाडौँ।

वडा स्तरीय महिला समूहले  विविध कार्यक्रम गरी ११४ औ अन्तरास्ट्रिय नारी दिवस मनाएको छ। “महिलामा लगानी ,सभ्य समुन्नत समाजको थालनी” भन्ने नाराका साथ  वडा स्तरीय महिला समूहको आयोजनामा शक्रबार कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा दौड प्रतियोगितामा प्रथम हुने  शर्मिला गौलि , दोस्रा जानुका दाहाल ,तेस्रा सावित्री विष्ट र चौथा मिना गिरीलाई प्रमाणपत्र,पुरस्कार साथै मेडल प्रदान गरिएको थियो। यस्तै  सहभागीहरू सबैलाई हौसला स्वरूप प्रमाण पत्र वितरण गरिएको आयोजकले जनाएको छ।

त्यस्तै विश्वेश्वर मन्दिर विष्ट पाखामा भएको  कविता वाचन प्रयोगितामा प्रथम प्रज्ञा खड्का,दोस्रा सरस्वती गिरी कार्की,तेस्रो रजनी बुढाथोकी र सान्त्वना २ जना सहित सहभागी १९ जनालाई  प्रमाणपत्र वितरण गरिएको थियो।

सरु जोशीको प्रमुख अतिथ्यतामा तथा महेश्वरी विष्ट र सत्या अधिकारी निर्णायक रहेको उक्त कार्यक्रमको सञ्चालन इन्दिरा काफ्लेले गरेकी थिइन्।


कार्यक्रममा  अध्यक्ष ,उपाध्याय,सचिव, सहसचिव,कोषध्यक्ष लगायत वडा स्तरीयका सबै सदस्यहरूको सहभागिता रहेको थियो।