पाकिस्तानी राजदूत  हाश्मी र परराष्ट्रमन्त्री श्रेष्ठबीच भेटवार्ता

42
Shares

काठमाडौँ। 

पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले आज नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई बधाई दिन सिंहदरबार पुगेका राजदूत हाश्मी र परराष्ट्रमन्त्री श्रेष्ठबीच नेपाल र पाकिस्तानबीच सहयोगका विविध पक्षका साथै आपसी हितका सम्बन्धमा छलफल भएको बताइएको छ ।

यसअघि श्रेष्ठ नयाँ गठबन्धनसँगै फेरिएको नयाँ सरकारको उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नियुक्त भएको भोलिपल्टै बिहीबार भारतीय राजदूत नविन श्रीवास्तवले पनि सिंहदरबारमा गई नवनियुक्त परराष्ट्रमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए।

यसैबीच नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई चिनिया राजदूत चेन सङ, अमेरिकी राजदूत डिन आर थम्सन र इजरायली राजदूत हनान गोडेरले पनि शिष्टाचार भेट गरी बधाई तथा शुभकामना दिएका छन् ।