एमाले अध्यक्ष केपी ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने

224
Shares

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने भएको छ । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अवसरमा सो संवाद हुन लागेको हो ।

स्वदेशी तथा विदेशी चलचित्रकर्मीको माझमा राष्ट्रिय सभागृहमा शुक्रबार बिहान ११ बजेदेखि दिउँसो बजेसम्म  उनीहरू बीच  संवाद हुने भएको छ । सो क्रममा फिल्मका विविध आयाम र विधालाई समेटेर छलफल हुने छ। सो संवाद कार्यक्रममा सर्वसाधारणले निःशुल्क सहभागी हुन पाउने छन् ।

चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यका विषयमा छलफल हुने बताइएको छ । महोत्सवमा ४० देशका ८८ वटा फिल्म देखाइनेछ ।