बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

4.8k
Shares

भोजपुर ।

धरानबाट घोरेटार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। धरानबाट भोजपुर आउँदै गरेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो। बाेलेरोमा १४ जना सवार थिए।

दुर्घटनामा ६ जनाको मृत्यु भएको खबर आए लगत्तै स्थानीयहरूसँग समन्वय गरी  प्रहरीले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले बताए। मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन।

घटनास्थलमा उद्धारको कार्य भइरहेको र एम्बुलेन्स पनि पुगिसकेको पाठकले बताए। स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको छ।