लागु औषधसहित दुई जना पक्राउ

2.9k
Shares

उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले मंगलबार लागु औषध सहित दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सोमबार राती १२ बजे जिल्ला उदयपुर त्रियुगा नपा ११ पिपल चोक स्थितमा जिप्रका उदयपुरबाट खटिएको प्रहरी बिशेष टोलिले ना२६प ८३७५ नंं को स्कुटिलाई शंका लागी चेकजाँच गर्ने क्रममा स्कुटिमा सवार जिल्ला उदयपुर त्रियुगा न पा ११ बस्ने बर्ष २३ को पासाङ तामाङले सोही स्कुटीको सिट मुनीको डिक्की भित्र लुकाई ल्याएको प्रतिबन्धित लागुऔषधी फेनार्गन १५ एम्पुल, डाईजेपाम १४ एम्पुल र आईपिल १५ एम्पुल गरी जम्मा ४४ एम्पुल फेला पारी बरामद गरी स्कुटी तथा मानिस सहित नियन्त्रणमा लिई निज पासाङ तामाङलाई लागु औषध सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालत उदयपुरबाट दिन ७ (सात) म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

यसैगरी जिप्रका उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले २७ गते जिल्ला उदयपुर त्रियुगा न पा ११ जनप्रेमि टोल बस्ने बर्ष २६ को सारंस राईलाई शंकालागि चेकजाँच गर्ने क्रममा ब्रुपिनोरफिन-११ एम्पुल, डाईजेपाम-११ एम्पुल, फेनार्गन-११ एम्पुल गरी जम्मा ३३ एम्पुल र सिरिन्ज १३ वटा मध्ये १ वटा भरीएको समेत फेला पारी निजलाई नियन्त्रणमा लिई जिप्रका उदयपुरमा ल्याई २९ गते सम्मानित उदयपुर जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले बताए ।