दुई किलो चाँदीसहित एक जना पक्राउ


उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले मंगलबार त्रियुगा नगरपालिका ६ जलजलेबाट एक जनालाई दुई किलो चाँदीसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको चेकिङ टोलीले सप्तरी बाट गाईघाट तर्फ आउदै गरेको जिल्ला सप्तरी शम्भुनाथ नपा ९ बस्ने बर्ष २२ को सन्तोष बि कलाई शंकास्पद अवस्थामा फेला पारी निजले कम्मरमा भिरेको झोला चेकजाँच गर्दा झोला भित्र लुकाई ल्याएको चाँदी जस्तो देखिने बिना बिलको सेतो धातु २ किलो २९८ ग्राम ५६० मिलिग्राम फेला पारी बरामद गरी फागुन २९ गते आवश्यक कारवाहीको लागि राजश्व कार्यालय ईटहरी, सुनसरी पठाइएको छ ।