लिखु गाउँपालिकामा अध्यक्ष कपको सुरु

2.4k
Shares

ओखलढुंगा ।
ओखलढुंगाको लिखु गाउँपालिकामा लिखु अध्यक्ष कपको आज देखी सुरु भएको छ । महिला र पुरुष दुवै विधामा सञ्चालन गरिएको पालिका अध्यक्ष कपमा प्रथम हुने महिला पुरुष दुवै टिमले बराबरी १ लाख ५० हजार, दोस्रो हुने टिमले एक एक लाख, तेस्रो हुने टिमले ७० हजार र सान्त्वना हुने टिमले ४० हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् ।
यसरी लाखौँको पुरस्कार ब्यवस्थामा उक्तिकै खर्च गरी गरिएको प्रतियोगितामा खेलाडी टिमहरूको उपस्थिति भने निराशा जनक रहेको छ । लाखौँको खर्च गरी गरिएको यो प्रतियोगितामा पुरुष ९ टिम र महिला ६ टिम गरी १५ टिमले मात्रै सहभागिता जनाएका छन् ।
न्यूनतम पनि २० टिम पुरुष र २० टिम महिलाको टिम सहभागी हुने अपेक्षा गरिएता पनि पुरुष ९ टिम र महिला ६ टिम मात्रै सहभागी भएको लिखु गाउँपालिकाका खेलकुद संयोजक पशुपति सुनुवारले बताएका छन् । पुरस्कारमा मात्रै ७ लाख ४४ हजार र ३ लाख ब्यबस्थापनमा गरि १० लाख ५० हजार खर्च हुने आकलन गरिएको खेल संयोजक सुनुवारले बताएका छन् ।