प्रधानमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने

392
Shares

काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिने बताइन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिँदै उनले राजनीतिक स्थायित्व र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताइन् ।

अध्यक्ष श्रेष्ठले चार सिटको साना राजनीतिक दलहरुले पनि विश्वासको मत दिन लागेको जानकारी गराउँदै उदीयमान साना दलहरुको मतको उचित प्रयोग गर्न सुझाव पनि दिइन् ।