मानव तस्करी आरोपमा पक्राउ

2.2k
Shares

धादिङ ।

धादिङ त्रिपुरासुन्दरी ४ घर भई हाल जिल्ला काठमाण्डौं १६ माछापोखरी बस्ने ३४ की नुरमाया नाम बताउने लक्ष्मी भन्ने बबि श्रेष्ठ र भविलाल थापा मानव तस्करीमा संलग्न भएको आसङ्कामा प्रहरीले पक्राउ गरेको छ ।

बबि श्रेष्ठ र भविलाल थापाले सेटिङ मिलाई ३ जना महिलालाई भिजिट भिषामा दुबई पठाईदिन्छु भनी प्रतिव्यक्ति २ लाख लिई दुबई पठाउन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थापा वमान स्थलबाटै पक्राउ परेका हुन् ।

अनुसन्धानक्रममा भविलाल थापाले नुरमाया नाम बताउने लक्ष्मी भन्ने बबि श्रेष्ठले सेटिङ मिलाउने गरेको र पिडित महिलाहरुलाई भिजिट भिषामा पठाएर दुबई पुर्याई घरेलु कामदारको रुपमा काम लगाउने आश्वासन दिएर पिडितहरुबाट उक्त रकम लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।