आलोपालो प्रधानमन्त्रीको सम्झौता भएको छैन : केपी ओली

1.1k
Shares

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धनमा प्रधानमन्त्री आलोपालो गर्ने बारे कुनै पनि सम्झौता नभएको स्पष्ट पारेका छन्।

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई  प्रधानमन्त्री बनाउने गरी सम्झौता भएको भन्ने चर्चाका बीच अध्यक्ष ओलीले गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता नभएको बताएका हुन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल बाँडफाँडका चर्चाहरू अखबारमा देखेँ । यस्तो चर्चाले यो सरकार परिवर्तन किन गरेको भन्ने प्रश्नको गरिमा घटाएको छ । यो गलत कुरा हो । बाहिर आएजस्तो १३/१३ वर्ष, वा १५/१५ वर्षको कसैले गरेको छैन । प्रधानमन्त्री हुनकै लागि यो गठबन्धन बनेको होइन । मलाई इच्छा छैन प्रधानमन्त्री बन्ने । मेरो नाम पनि जोडिएको छ क्यार । प्रधानमन्त्री जोसुकै होस् ।’