धोकाको आरोप ओलीले लगाउन मिल्छ, कांग्रेसले मिल्दैनः प्रधानमन्त्री प्रचण्ड

378
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले आफूलाई धोकेबाज भन्न नमिल्ने बताएका छन्। कांग्रेसले धोका दिएकै कारण आफूलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बनाएको उनले बताए।

बुधबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले आफूले लगाएका सबै गुन बिर्सिएर कांग्रेसले धोकेबाजको आरोप लगाउनु गलत भएको बताए।

‘म नेपाली कांग्रेसको समर्थनमा एकपटक मात्र प्रधानमन्त्री बनेको छु। मेरो प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा २ पटक प्रधानमन्त्री बन्नु भएको छ’ प्रचण्डले भने, ‘बरु एमालेबाट प्रधानमन्त्री बनेर कांग्रेससँग मिल्न गएकोमा केपी ओलीले मलाइ धोकोबाज भन्न मिल्छ, कांग्रेसले होइन।’