घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

5.7k
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य बुधबार (आज) घटेको छ। आज सुनको मूल्य १ हजार रुपैयाँले घटेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको छ। यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ।

यसअघि, मंगलबार छापावाल सुन १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको थियो। यसै गरी, तेजाबी सुनको भाउ तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो। अघिल्लो तिन दिनसम्म सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा प्रतितोला १ लाख २६ हजारमा कारोबार भएको थियो।

यता, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर १४ सय ६५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ८५ रुपैयाँ रहेको थियो।