वैदेशिक रोजगार विभागका नायब सुब्बा निरौला अख्तियारको नियन्त्रणमा


काठमाडौँ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत नायब सुब्बा प्रमोद निरौलालाई नियन्त्रणमा लिएको छ ।

धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले निरौलालाई मंगलबार नियन्त्रणमा लिएको हो ।

उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरे जानकारी दिएका छन् ।

निरौलाको साथबाट स्रोत नखुलेको ७१ हजार ६२० रुपियाँ पनि बरामद गरिएको छ ।