८४ किलो गाँजासहित भारतीय कार नियन्त्रणमा

112
Shares

हेटौंडा ।

इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा मंगलबार विहान करिब ४ बजे हेटौंडा–१९, नेवारपानीस्थित सडककिनारमा भारतीय कारबाट करिब ८४ किलो गाँजा बरामद गरेको छ ।

भारतीय बीआर ०१ बीएफ ५५८१ नम्बर कारचालक जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा–७ बस्ने वर्ष १९ का साबिर अन्सारीलाई शंका लागेर खानतलासी गर्दा कारको सिटमा फल्स बटम बनाइ लुकाइल्याएको अवस्थामा ८४ किलो १ सय २० ग्राम लागुऔषध गाँजा फेला परेको हो ।

उक्त लागुऔषध, भारतीय कारसहित अन्सारीलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालतबाट १० दिन म्याद अनुमतिसहित थप अनुसन्धान भइरहेको छ।