प्रधानमन्त्रीलाई विश्वासको मत दिन र सरकारविरुद्ध नबोल्न आफ्ना सांसदलाई ओलीको निर्देशन

546
Shares

काठमाडौँ ।

 नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् । बुधवार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।

साथै उनले सरकारविरुद्ध पनि नबोल्न निर्देशन दिएका छन् । ‘म साथीहरुलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुप¥यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । नबुझीकन कहिले कहिले देख्दा एउटा चिज देखिन्छ, अर्कै हुन्छ,’ ओलीले भने ।