जातीय छुवाछुत गरेको आरोपमा अहेव पक्राउ



कालिकोट। 

जातीय छुवाछुत तथा भेदभाव गरेको अरोपमा सान्नित्रिवेणी गाउँपािलका–८ निवासी स्वास्थ्य चौकी मुम्रामा कार्यरत अहेव २८ वर्षीय तपेन्द्र बुढालाई प्रहरीले मङ्गलवार पक्राउ गरेको छ ।

सोही गाउँपालिका–९ का वडाध्यक्ष नरपति तिरुवालाई फागुन २७ गते जातीय विभेदित शब्द बोल्दै गाली गरेको आरोपमा पीडित तिरुवाले सोमबार जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएपछि प्रहरीले घटनाको अनुसन्धानका लागि  पक्राउ गरी प्रहरी हिरासतमा राखेको हो ।

जनप्रतिनिधि माथिनै जातीय विभेद भएको भन्ने पीडितबाट उजुरी आएपछि अनुसन्धानको लागि आरोपितको घरबाटै गिरफ्तार गरिएको कालिकोटका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर पोषण थापाले जानकारी गराएका छन् ।

यता आरोपित  बुढाले आफूले जातीय विभेद नगरेको प्रतिक्रिया दिएका छन्  ।

‘छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०७५’ को दफा ५ को उपदफा ७ (क) र (ख) ले जातीय विभेदको कसुर ठहर भएमा कसुरको मात्र हेरी दुई महिनादेखि तीन वर्ष कैद र बीस हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । साथै सार्वजनिक पद धारण गरेको व्यक्तिबाट कसुर भएमा ५० प्रतिशत थप हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्