राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

1.2k
Shares

काठमाडौं ।

माओवादी केन्द्रका सांसद नारायण दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

सत्तारुढ माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा अध्यक्षका उम्मेदवार रहेका दाहालले एमाले, नेकपा एस तथा जसपाको समर्थन पाएका छन् । यसअघि कांग्रेसका उम्मेदवार युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । निर्वाचनमा उपस्थित ५६ सदस्यमध्ये शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत पाएका थिए । मतदान प्रक्रियामा कुल ५६ सांसद उपस्थित भएका थिए ।