प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्विप

504
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै सोहीअनुसार मत दिन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको हो। प्रधानमन्त्री प्रचण्डले संसद्‌मा मा आफूलाई विश्वासको मत दिन भन्दै प्रस्ताव राख्ने दिन अनिवार्य उपस्थित हुन र प्रचण्डलाई विश्वासको मत दिन रास्वपाले ह्विप जारी गरेको हो।

प्रधानमन्त्री प्रचण्डले आउँदो बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन्। रास्वपाका २१ सांसद रहेका छन्। प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन भत्काएर एमाले सहितको नयाँ गठबन्धन बनाएपछि उक्त गठबन्धनमा रास्वपा पनि सामेल भएको छ।