साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयद्वारा बसमा आगजनी

7.05k
Shares

सर्लाही। 

सर्लाहीको मलंगवा नवलपुर सडक खण्ड अन्तर्गत कबिलासीमा यात्रु बसले साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन्।

नवलपुरबाट मलंगवाका लागि  छुटेको  ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका -१० सलेमपुर घर भएका ५५ वर्षीय  सजुगल महतोलाई सोमबार बिहान  ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका  जुगललाई प्रादेशिक अस्पताल मलंगवा सामान्य उपचार गरी  थप उपचारको लागि काठमाडौँ  पठाएको छ  । आगजनीबाट बस पूर्णरुपले जलेको छ। ठक्कर दिने बसको चालकलाई प्रहरीले पक्राउ गरेको छ।