सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपतिका छोराहरुमाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

504
Shares

काठमाडौँ।

उपप्रधान तथा गृह मन्त्री रवी लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका पूर्व उपराष्ट्रपतिका छोराहरुको बारेमा अनुसन्धान गर्न नेपाल प्रहरीको नेतृत्वलाई निर्देशन दिएका छन् ।

आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न नक्साल पुगेका गृह मन्त्री लामिछानेले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) का छोरा जितेन्द्र पुनमाथि छानवीन गर्न निर्देशन दिएका थिए । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेकाले पुनमाथि थप छानवीन गर्न प्रहरी महानिरीक्षक बसन्तबहादुर कुंवरलाई निर्देशन दिएका हुन् ।

नेकपा माओवादीका नेताका छोराहरु बिभिन्न तस्करी प्रकरणमा संलग्न रहेको समाचार बाहिर आइरहेको बेला पछिल्लो पटक जितेन्द्रले सुन तस्करीका लागि रकम लिएको समाचार समेत बाहिर आएपछि गृह मन्त्री छामिछानेले पुनमाथि थप छानवीन गर्न निर्देशन दिएका हुन् ।

बिमानस्थलबाट बाहिरिएको ६० किलो सुन प्रकरणमा मुछिएका पुनलाई सीआईवीले सोधपुछ गरेर हाजिरी जमानीमा छाडेको थियो । पुनमाथि यस अधि पनि बिभिन्न आपाराधिक कृयाकलापमा संलग्न रहदै आएको भन्दै माओवादी पार्टीभित्र पनि आलोचना भएको थियो ।

पुनको खास गरी चिनीया सुन तस्करको समुहसंग कनेक्सन रहेको र जितेन्द्रका भाई दीपेस पुन समेत सुन तस्करीमा संलग्न रहेको भन्दै सीआईवीले पटक पटक बयान लिदै छोड्दै गरेको थियो ।

सत्ताको आडमा तस्करसंग साठगांठ गर्दै आएका पुन दाजुभाईमाथि पुन अनुसन्धान हुने भएपछि माओवादीनेताहरुले छानवीन नगर्न प्रहरीमाथि दवाव दिन शुरु गरेको बताइएको छ ।