समाचारपत्रकर्मी अधिकारी सम्मानित 

392
Shares

कास्की । 
अन्नपूर्ण गाउँपालिका कास्कीले सातौँ स्थापना दिवसको अवसरमा नेपाल समाचारपत्रकर्मी टंकराज अधिकारीलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट समग्र सूचना तथा सन्देश प्रवाह गरी गाउँपालिकाको विकासमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै गाउँपालिकाले सम्मान गरेको हो ।

पालिकाले सोही अवसरमा अधिकारीसहित पत्रकार राजबहादुर गुरुङ, इन्द्रप्रसाद पौडेल, श्रीभद्र पौडेल, पुष्पराज दाहाल, रवि दाहाल र सरला त्रिपाठी भण्डारी पनि सम्मानित गरेको थियो । सो अवसरमा डकुमेन्ट्री निर्माता अमृत गुरुङ पनि सम्मानित भएका थिए ।

स्थापना दिवसको अवसर पारी पालिकाले विभिन्न १५ विधामा सम्मान गरेको हो । सम्मानित हुनेमा उत्कृष्ट कर्मचारीतर्फ पशु अधिकृत ऋषिराम दाहाल, सब इन्जिनियर अर्जुन थापा, वडा नं. ३ का वडा सचिव मुक्तिराम भण्डारी, स्वास्थ्य कर्मचारी अहेव जुमक़ाज़ी गुरुङ स्वयम् सेविका सुमित्रा पौडेल र कार्यालय सहयोगी ओनप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।

यसैगरी पालिकाका ज्येष्ठ सदस्यहरू वडा नं. ४ का १०५ वर्षका रामबहादुर खत्री र वडा नं. ११ की १०० वर्षीया सुकुला गुरुङलाई सम्मान गरिएको थियो ।
त्यस्तै, कला र साहित्यतर्फ विमल परियार, अम्बिका भण्डारी, जीवन दाहाल, प्रेमराज अधिकारी, सुरेन्द्र गुरुङ, नवीन गुरुङ,शर्मिला बिक, सरिता अधिकारी, बालाराम अधिकारी, विक्रम परियार, दिवाकर भण्डारी, टेकबहादुर केसी, बाबुराम पौडेल र कमला केसी सम्मानित भएका थिए ।

अन्य बिधाहरू उत्कृष्ट शहकारी संचालक, उपभोक्ता समिति, खेलकुद, कृषि र पशुपालन, पर्यटन ब्यवसायी, करदाता, शुरक्षाकर्मी, गाउँपालीकाको लोगों डिज़ाईनतर्फ र शिक्षा तर्फका विभिन्न युनिटका ७५ जना सहित १५ विद्याका क़रिव २०० जनालाई सम्मान गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए ।

गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीको अध्यक्षता, कास्की क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, नेपाल सरकारका सह-सचिव बिनोद बहादुर कुँवर, पूर्व जिविस सभापति पुण्यप्रसाद पौडेल, पालिकाका निवर्तमान अध्यक्ष युवराज कुँवर, पालिका स्तरीय विभिन्न दलका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम भुगाईको सञ्चालनमा रहेको कार्यक्रममा पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले गाउँपालिका विभिन्न गतिविधि बारे बोलेका थिए ।