मोलुङको बिकट गाउँमा खानेपानी पुग्दा स्थानीय खुसी  



ओखलढुंगा । 

पानीको अभाव रहेको ओखलढुंगाको मोलुङ गाउँपालिका ४ मा रहेको बिकट गाँउहरुमा खानेपानी पुगेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा ओखलढुंगा र मोलुङगाँउपालिकाको आर्थिक सहयोग र उपभोक्ता समितिको सहकार्यमा मोलुङ गाउँपालिकाकै बिकट मानिने फेदी, भन्ज्याङ, माझ खर्क र उल्लेरीमा खानेपानी पुगेको हो ।

नेपाल रेडक्रस सोसाईटीको ४६ लाख ६० हजार ७ सय पन्चानब्बे  रुपैयाँ, मोलुङ गाउँपालिकाको १५ लाख ११ हजार ८ सय एघारा रुपैयाँ र स्थानीय उपभोक्ताको १५ लाख ६ हजार ३ सय बहत्तर रुपैयाँ श्रमदान गरी कुल ७६ लाख अठहत्तर हजार ९ सय ७९ रुपैयाँमा योजना सम्पन्न भएको खहरे खश्रेनी खानेपानी तथा सरसफाइ आयोजनाका मोलुङ ४ का  अध्यक्ष लाल बहादुर तामाङले बताएका छन् ।

खहरे खश्रेनी खानेपानी योजना सम्पन्नका लागी स्थानीय उपभोक्ताले प्रति घरधुरी ३३ दिन श्रमदान गरेको योजनाका अध्यक्ष तामाङले बताएका छन् । स्थानीय उपभोक्ताले गर्ने श्रमदानको क्रममा पुर्ण रुपमा अपाङगता भएका ब्यक्ती लाई शतप्रतिशत र एकल महिला र एकल पुरुषलाई ५० प्रतिशत श्रमदान छुट गरिएको योजनाका अध्यक्ष तामाङले बताएका छन् ।

१३ सालको मान्छे म पानी गाग्रो बोक्न सक्दिन थे बुढाले पनि सक्नु हुन्थेन एउटा भएको नातिनी पनि स्कुल जान्थिन साह्रै गाह्रो थियो अबत आगनमै धारा छ सजिलो भयो ६८ वर्षीय बुधी मायाले रमाउँदै खुसी साटिन । “ सद्दे रहेका दुई वटै छोरा बुहारीहरु भारतमा छन् एउटा भएको कान्छो छोरा अपाङ्ग छ, म एक्लैले चुलो चौका गर्नु की, खेत करेसा गर्नु की , साह्रै गाह्रो थियो, अब त सजिलो छ अगेनोमा भाँडो बसाल्यो आँगनमा रहेको धारा बाट पानी थाप्यो लग्यो” फुरुङ्ग हुँदै खहरे खस्रेनीका डोल्मा तामाले पनि खुसी साटिन ।

 ग्रामीण भेगको दुर्गम ठाउँहरूमा काम गर्नु पर्दछ भन्ने ध्ययका साथ रेडक्रसले मोलुङ गाउपालिकामा खाने पानीको योजना सञ्चालन गरी सम्पन्न गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा ओखलढुंगाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् ।

मोलु गाउँपालिकाको तिन तले फेदीमा मुहान रहेको खहरे खश्रेनी खानेपानी योजनाले ६२ घरधुरीका पविार सहित एउटा आधारभूत विद्यालय र एउटा स्वास्थ्य इकाईलाई समेत समेटेको छ । खहरे खश्रेनी खानेपानी योजनाबाट ६२ घर धुरीका १ सय ५५ जना महिला र १ सय आठ जना पुरुष गरी २ सय ६३ जना उपभोक्ता लाभान्वित भएको मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्