यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।

आइतबार एक युरोको खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा तोकिएको छ।  त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७० रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

यता, अस्ट्रेलियन डलर एकको खरिददर भने ८७ रुपैयाँ ८२ र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रुपैयाँ २९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७३ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा कायम हुँदा बिक्री दर भने ९ रुपैयाँ ०३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा तथा बिक्री दर १८ रुपैयाँ ४६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रुपैयाँ ०१ पैसा तथा बिक्री दर १० रुपैयाँ ०८ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, आइतबार कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २४ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४१ पैसा कायम गरेको राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ २४ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रुपैयाँ २१ पैसा र बिक्रीदर २८ रुपैयाँ ३४ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३० पैसा र बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १८ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ।