प्रथम डीन स्व. कुलरत्न तुलाधर पदक प्रदान गरियो

1.6k
Shares

 काठमाडौं ।

 इन्जिनियरिङ अध्ययन संस्थानका प्रथम डीन स्वर्गीय कुलरत्न तुलाधरको सम्मानमा स्थापित प्रथम डीन स्व. कुलरत्न तुलाधर पदक स्नाकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याउने माधव बराल र स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउने सन्देश पराजुलीलाई प्रदान गरिएको छ ।

ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान परिसरस्थित स्व. तुलाधरको पूर्ण कदको शालिकअगाडि बुधबार आयोजित समारोहमा इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन प्राडा सुशील बहादुर बज्राचार्यले जनही १० हजार रुपियाँ, स्वर्ण पदक र प्रमाणपत्रसहितको उक्त पुरस्कार बराल र पराजुलीलाई हस्तान्तरण गर्नुभयो ।

पराजुलीले २०७८ सालमा पुल्चोक क्याम्पसबाट एरोस्पेश इनि्जनियरिङमा स्नातक गर्नुभएको हो भने बरालले २०७८ सालमा थापाथली क्याम्पसबाट मेकानिकल डिजाइन एण्ड म्यानुफ्याक्चरिङमा स्नाकोत्तर गर्नुभएको हो । बौद्ध अनुयायी भन्तेहरूले पञ्चशील र परित्राण पाठ गरेर शुरु भएको कार्यक्रममा उक्त संस्थानका पूर्व सहायक डीन केशबदास बैद्यले प्रथम डीन स्व. तुलाधरले इनि्जनियरिङ अध्ययन संस्थानको जग बसाल्न गर्नुभएको संघर्षबारे प्रकाश पार्नुभएको थियो ।

उहाँले भन्नुभयो– …नेपालमा प्राविधिक कामका लागि भारतबाट जनशकि्त ल्याउनुपर्ने त्यतिबेलाको परिसि्थतिमा माडसापले उपत्यका बाहिरका तेस्रो तहमा उतीर्ण भएका विद्यार्थीहरूलाई समेत विस्तारै मनोपरामर्श गरेर उनीहरुलाई प्राविधिज्ञ बनाउन ठूलो मिहेनत गर्नुभयो।’ उहाँले स्व. तुलाधर शिक्षाप्रेमी मात्र नभई मानवीय गुणले समेत भरिपूर्ण भएको बताउनुभयो ।

सोही संस्थानका पूर्व डीन प्राध्यापक तिमिला यमीले सन् १९६० को दशकमा आफूले भारतको कानपुरमा इनि्जनियरिङ गरेर फर्केपछि स्व. तुलाधरले आफै बोलाएर इनि्जनियरिङ संस्थानमा अध्यापन गर्न आग्रह गर्नुभएको स्मरण गर्नुभयो । कार्यक्रममा स्व. तुलाधरकी कान्छी छोरी चित्राशोभा तुलाधरले आफ्नो बुबाले बसालेको इनि्जनियरिङको जग बलियो बन्दै गएको देख्दा आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले यो पदकले इनि्जनियरिङ क्षेत्रमा लाग्ने विद्यार्थीहरूलाई हौसला बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दुई वर्षे सिभिल इनि्जनियरिङ सबओभरसियरको प्रशिक्षण दिने कार्यक्रमबाट शुरु भएको इनि्जनियरिङको पढाई अहिले विद्यावरिधीसम्मै पुगेकोमा आफूलाई बुबाको सपना साकार भएको महशुस भएको बताउनुभयो । सन् १९५५ मा बेलायतबाट ट्रपिकल आर्किटेक्टमा पोष्ट ग्राजुयट गर्नुभएका स्व. तुलाधर सन् १९७३ मा इनि्जनियरिङ अध्ययन संस्थानको प्रथम डीनमा नियुक्त हुनुभएको थियो । उहाँ चार वर्षसम्म डीनको भूमिका निर्वाह गर्नुभएको थियो ।

स्व. तुलाधरलाई सन् १९६२ मा बेलायतको प्रतिष्ठित पदक ‘अडर अर्डर अफ द ब्रिटिश एम्पाएर’, सन् १९६९ मा गोरखा दक्षिणबाहु प्रथम र सन् १९८३ मा त्रिशक्ति पट्ट द्वितिय पदक प्रदान गरिएको थियो।