अन्तर्राष्ट्रिय पिकलबल शुक्रबारदेखि

126
Shares

काठमाडौं ।

पिकलबल संघ नेपालको आयोजनमा आगामी शुक्रबारदेखि नेपाल खुल्ला अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने भएको छ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा फागुन २५ र २६ गते हुने प्रतियोगितामा नेपालसहित बेलायत, अमेरीका, भारत, सिङ्गापुर, थाइल्यान्डलगायत आठ देशका १ सय २० खेलाडी सहभागी हुनेछन् ।

नेपाल सुपर लिग (एनएसएल) मुख्य प्रायोजक रहेको प्रतियोगितालाई काठमाडौं वर्ल्ड स्कुल, यामाहा नेपाल, साड्रीला होटल एन्ड रिसोर्ट, पार्क भिलेज रिसोर्ट, तामरिन रेस्टुरेन्ट, साड्रीला डेभलपमेन्ट बैंकले प्रायोजन गरेका छन्। प्रतियोगितामा एमेच्योर, इन्टरमिडियट र एडभान्स तीन विधाका १९, ३५, ५० र ६० वर्षमाथि उमेर समुहमा प्रतिस्पर्धा हुनेछ ।

२५ गते पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्सका तथा २६ गते पुरुष एकल, महिला एकलतर्फका खेलहरु हुनेछन् । सबै समूहका फाइनल २६ गते हुनेछ। प्रतियोगिता बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ। प्रतियोगिताका लागि १६ वटा पिकलबल कोर्ट तयार पारिएको छ ।