बुढानीलकण्ठमा मधेशवादी दल र देउवाबीच छलफल

23.41k
Shares

काठमाडौं।

मधेश केन्द्रित दलहरू बुढानीलकण्ड पुगेर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका छन्। नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधुप बढाएका देउवासँग भेटेर उनीहरूले छलफल गरिरहेका हुन्।

देउवा निवास बुढानीलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलगायत नेताहरू छलफलमा छन्।

बैठकमा कांग्रेसका नेताहरू डा.शेखर कोइराला र गगन थापा, रमेश लेखक पनि सहभागी छन्।